कसको लागि वेबसाइट ?


प्रबिधि को विकास संगै आजकल घरमा नै कुनै रेस्टुरेन्ट ले अर्डर गरेको खाने कुरा आइ पुग्छ ,विकास र विस्तार लाई नै निरन्तरता दिने हो ,प्रबिधि लाई हामी ले अ“गाल्दै लगेको विकासले हामी लाई नै सहज बनाउंछ , ईलाम मा फलेको अलैची होस् या भोजपुर मा बनेको खुकुरी होस् जसलाई पनि वेबसाइट को माध्यम बाट संसार भरि प्रबर्धन गर्न सकिन्छ ।

काठमान्डौंं मा बस्ने विधार्थीले अस्ट्रे्लिया, अमेरिका, यूके को कलेजहरु सबै इन्टरनेटमा नै खोजि रहेको पाइन्छ । अनि ती संस्थाहरुको सम्बन्धित वेबसाइट गुगल, बिंग, याहु जस्ता सर्च इन्जिन वेबसाइट वा डाइरेक्टरी वेबसाइट हरुले देखाउछन । वेबसाइटले वेबसाइट खोजेर देखाउछ अनि डाइल अप इन्टरनेट देखि शुरु भएको ५६ केबिपियस इन्टरनेटको प्रकिया देखि अहिले सम्म आउदा १०/२५ एमबिपियस इन्टरनेट हामी नेपालीहरुले छोटो समयमा नै देखि सकेका छौ ।

सिङगांपुर र नेपालमा सगै प्रबिधि भित्रिएको पनि समय र सोच अनुसार अहिले सिङगांपुर सुचना प्रबिधिमा धेरै नै अगाडी पुगी सकेको पाइएको छ । मल्टीनेशनल कम्पनीहरुको डाटा सेन्टर, वेब सर्भर, मेल सर्भर देखि लिएर प्रविधिका विभिन्न कुराहरुमा अग्रणी स्थानमा सिङगांपुर नै छ ।

नेपालमा पनि वेबसाईटहरु नभएको हैन, तर वेबसाइटमा सबैको पहुच भने अहिले सम्म छैन । यो जनचेतनाको नै कमी हो । कसले कसले वेबसाईट बनाउनु पर्छ, वेबसाईट कसलाई चाहिन्छ भने सबैलै थाहा हुदैन । आजकाल सबै कुराहरु गुगलमा खाज्ने गरिएको पाइन्छ । तर सबै रिजल्ट हरु वेबसाईटमा राखिएको हुदैन, त्यसको लागी वेबसाईट बनाउनु पर्छ ।

अहिले सम्म पनि ४/५ कुराहरु मात्र वेबसाईटमा राखिएको पाइन्छ । वेबसाईटमा आफ्नो संस्थाको जानकारी नहुनु भनेको व्यापार घट्नु सर्ह नै हो । वेबसाईट नै व्यापार लाई कुना कुना सम्म अनि हात हात मा पुर्याउन सजिलो माध्यम हो ।

वेबसाइट बनाए पछि सजिलै संग ,फोटो ,भिडियो ,आटिर्कल ,स्लाइडसो ,फाइल डाउनलोड गर्न को लागि राख्न सकिने साथै विभिन्न कुराहरु राख्न सकिन्छ ,फोन मा बारम्बार जानकारी भन्ने ,बारम्बार इमेल गर्न झंन्झट बाट मुक्त हुन को लागि आजकल विभिन्न संस्था हरुले वेबसाइट बनाई रहेको पाइन्छ । गूगलमा सर्च गर्दा वेबसाइट  नभएको खण्डमा , डाईरेक्टरी मा भएको थोरै डिटेल देख्न त सकिन्छ तर सम्पूर्ण संस्थागत डिटेल हेर्नको लागि जुनै पनि सस्था ले वेबसाइट बनाउनु पर्ने हुन्छ ।

संस्था सानो होस् या ठुलो होस् ,वेबसाइट ले व्यापार बढाउन ,जानकारी दिन अनि संसार भरि सजिलै संग प्रबर्धन सहयोग पुर्याउछ ,राम्रो वेबसाइट ले राम्रो छाप छोड्छ भने नराम्रो ,नमिलेको वेबसाइट ले संस्था को प्रतिष्ठा गुमाउछ ।

वेबसाईट  कसका लागी र कसले कसले बनाउछन ??

कलेज, +२ शैक्षिक निकायहरु तथा विभिन्न शैÔिक संस्था हरुले सूचना ,समाचार ,प्यारेन्ट्स डे को भिडियो ,फोटोहरु ,अनि स्कुलको रुल्स रेगुलेशन , फी आदी जस्ता कुरा हरु वेबसाइट मा राख्न देखाउन सक्छन ,जसले गर्दा देश विदेश मा बस्ने अविभावक हरुले तेस्को जानकारी वेबसाइट को माध्यम बाट संसार भरि बाट लिन सक्छन ।
अस्पताल, नर्सिंग, क्लिनिक, सामुदायिक अस्पताल 

स्वास्थ्य छेत्र को विकास बढी रहेको छ ,ठुलो भन्दा ठुलो रोग हरुको उपचार यहि नेपालमा नै हुने गर्दछ ,अस्पतालको वेबसाइटमा अस्पतालको जानकारी ,बेड को संख्या ,डिपार्टमेन्टहरु ,निको भैसकेको बिरामी को फिडब्याक, सफलताका कथाहरु, डाक्टर को बारेमा जानकारी , फि ,सेवा सुबिधा हरु राख्नाले जो कोहीले पनि अस्पतालको बारेमा जानकारी लिन सक्छन ।

 माईक्रोफाइनान्स,बिकास बैंक, बित्तिय संस्थाहरु 

बित्तिय संस्था को वेबसाइट मा संस्था सम्बन्धि जानकारी ,कार्य छेत्र ,डिपोजिट , लोन ,ब्याज को बारेमा जानकारी ,अनि बोर्ड अफ डिरेक्टर्स ,सूचना समाचार ,शाखाहरुको नेटवर्क ,एटिएमको लोकेसनहरु साथै प्रोगरेस रिपोर्ट , क्वाटरलि रिपोर्ट राख्न सकिने साथै इन्टरनेट ब्यांककिंग पनि गराउन सकिन्छ ।

एनजियो,आई एन जि यो,क्लब, समुह 

एन जि यो ,क्लब , समूह हरुले आङ्खनो संस्था को जानकारी ,पास्ट एक्टिभिटिज ,करेन्ट एक्टिभिटिज , सूचना समाचार ,फोटो ग्यालरी राख्न सक्छन ,जसले गर्दा पार्टनर आई एन जि यो संग समन्वय गर्न सजिलो हुन्छ ,आङ्खनो संस्था को जानकारी वेबसाइट को माध्यम बाट नै दिन सकिने हुने बारम्बार रुपमा फोन गर्ने इमेल गर्ने झन्झट बाट मुक्त भइन्छ । फाइल हरु डाउनलोड गर्न को लागि राख्न सकिन्छ भने मिसन भिजन हरुपनि सजिलै संग देखाउन सकिन्छ ।

बिदेश भ्रमणमा जाने संस्थाहरु 

कृषि सम्बन्धि को सस्था होस् या सहकारी ,बित्तिय सस्था कुनै पनि संस्था को टुर मा जादा वा अफिसियल भ्रमण्ँ मा जादा संस्था को जानकारी दिन को लागि नेपाली मा लेखेको ब्रोसर ले पर्याप्त जानकारी नदिने हुन्छ ,अनि हजारौ ठाउमा ब्रोसर बाड्न गारो पनि हुन्छ ,तेस्को लागि वेबसाइट को एड्रेस दिने वा इमेल गर्दा वेबसाइट को यु आर एल सिगनेचर मा राख्ना ले विदेश भ्रमण्ँ मा जाने संस्था का प्रतिनिधि हरुको लागि एकदम नै सजिलो हुन्छ ।


फ्याक्ट्रीहरु ईन्ड्रष्ट्रिज आयत निर्यात गर्ने संस्थाहरु आदि 
आयात निर्यात गर्ने फ्याक्ट्री तथा उधोग कल कारखाना हरु ले आफ्नो फ्याक्ट्री र संस्थाको जानकारी ,उत्पादन को विवरण्ँ , कार्ययोजना हरु देखाउन सकिन्छ ,कुनै पनि बिदेशी निकाय वा ङ्खयाक्ट्री आदि विभिन्न किसिम का संस्था संग समन्वय गर्दा वेबसाइट ले एकदम अहम भूमिका निभाउछ ।

ग्राफिक दीजाइनिंग, प्रिन्टिङप्रेस, आर्ट सेन्टर 

कुनै पनि संस्था को वेबसाइट ले त्यो संस्था को जानकारी ,ठेगाना ,लोकेसन म्याप हरु देखाउन ,अनि वेबसाइट को माध्यम बाट नै कन्ट्याक गराउन वेबसाइट चाहिन्छ ,ग्राफिक्स डिजाइन गर्ने संस्था ले आफ्नो काम गरेको पोर्टफोलियोहरु वेबसाइट मा राखेर आङ्खनो एक्सपर्टाइज देखाउन सक्छन ,प्रिन्टि¨ प्रेस ले आङ्खनो रेट ,जानकारी ,सम्पर्क ठेगाना हरु देखाउन सक्छन ।

न्युजपेपर, म्याग्जिन

नेपालमा बस्ने थुप्रै नेपाली हरु संसार को कुना कुना मा बस्ने गरेको पाइन्छ , सबै लाई आफ्नो ठाउं प्रतिको आफ्नो भाषा मा पढ्न  मन हुन्छ ,अमेरिका मा बस्ने नेपाली ले कुनै पनि नेपाली पत्रिका पढ्न  २ र ३ र ४ दिन लाग्न सक्छ ,तर त्यही पत्रिकालाई इपेपर बनाइ अनलाइन बाट पत्रिका सेटिंग गरि फाइनल गर्न साथ अनलाइनमा राखेर संसार भरि देखाउन सकिन्छ ,यसले गर्दा पत्रिकामा दिएको बिज्ञापन संसार भरि पुग्छ जसले गर्दा बिज्ञापन दातालाई पनि प्रबर्धन गर्न सहयोग हुन्छ ,इपेपर फर्मेट मा पत्रिका वा म्यागजिन लाई राख्दा प्रिन्ट हुने जस्तै नै फर्मेट मा ल्यापटप ,आइप्याड ,अनि विभिन्न डिभाइस हरुमा सजिलै देखाउना सकिन्छ ।



बिस्कुट, चियापत्ति आदि जस्ता उत्पादन मुलक फ्याक्ट्रीहरु 

फ्याक्ट्रीहरुले आङ्खनो उत्पादन को वेबसाइट बनाएर राख्दा ,सो उत्पादन सम्बन्धि जानकारी ,फोटो, भिडियो ,कमरसियल प्रोमोहरु राख्न सक्छन ,जसले गर्दा वेबसाइट बाट प्रोडक्ट सम्बन्धि फिडव्याक लिन सजिलो हुन को साथै आङ्खनो ब्राण्ड प्रबर्धन हुन्छ ।

होटल, पार्टिप्यालेस, रेस्टुरेन्ट, वा सेमिनार हल आदि

होटेलमा बस्न टाढा टाढा बाट ग्राहक आउछन् ,टाढा बस्ने ग्राहक ले कुनै पनि शहर को होटेलहरु गूगल मा सर्च गर्ने ,होटेल को फोटो, भिडीयो ,जानकारी ,सुबिधाहरु हेर्ने ,साथै होटेलको ट्यारिफहरु पनि वेबसाइट बाट नै बुक गर्ने गरेको पाइन्छ ,होटेल को वेबसाइट हुनु एकदम नै जरुरी हुन्छ ।

ब्यक्तिगत  तथा साझेदारी संस्थाहरु 

माथि भने जस्तै जस्तो सुकै सस्था होस् ,ग्राहाक सबै लाई चाहिन्छ ,जसले पनि आङ्खनो व्यापार लाई प्रबर्धन गर्न खोजि रहेको हुन्छ ,नया तरिका बाट व्यापार प्रबर्धन गर्नको लागि वेबसाइट ले अहम भूमिका खेल्छ ,सस्था को जानकारी ,Ôमता ,विवरण्ँ ,ठेगाना ,लोकेसन म्याप राखेर वेबसाइट मा देखाउन सकिन्छ ।



मोटर गाडि डिलर, बाईक डिलरहरु जस्तै अटो प्यालेस, यामाहा तथा होन्डाको डिलर तथा सोरुमहरु 

सबै लाई गाडी चड्ने ,बाइक कुदाउने चाहना हुन्छ ,नेपाल मा पनि कुनै पनि बाइक को कार को मूल्य हेर्न विभिन्न वेबसाइट मा जानु पर्दछ ,तर तेस्को मूल्य मा छुट र अफर को कुरा हरु राख्न सकिदैन ,तेस्को लागि कुनै पनि सोरुम ले आङ्खनो सस्थागत वेबसाइट बनाई ,कर तथा बाइक हरुको जानकारी राख्दा छुट को मूल्य ,बाइक तथा कर किन्दा तेस्मा दिने अफर हरु सजिलै संग समाबेश गर्न का साथै एजेन्ट को फोन नम्बर ,सोरुम को एड्रेस दिन सकिन्छ ।

ट्राभल एण्ड टुरिजम, ट्राभल एजेन्सिका कार्यलयहरु ः

घुम्न सबैलाई मन पर्छ , धार्मिक यात्रा ,पारिवारिक यात्रामा सबै को मोह हुन्छ ,घुम्न जान को लागि ट्राभलमा फोन गरि घन्टौ सम्म सोधी राख्नु पर्ने हुन्छ ,यसको लागि ट्राभल एजेन्सि ले आङ्खनो प्याकेज हरुको लिस्ट ,वेबसाइट मा प्याकेज हरु मिलाएर राख्ना ले भ्रमण्ँ मा जाने यात्री ले सम्पूर्ण विवरण्ँ ,रुट ,सुविधाहरु हेर्न सक्छन ।

विदेश बाट नेपाल आउने पर्यटक हरुले सोहि प्याकेज हरु हेरी अनलाइन बाट फर्म भर्न क साथै अनलाइन बाट नै बूकिंग गर्न सक्छन ,एउटा वेबसाइट ले व्यापार प्रबर्धन गर्न सहज बनाउ“छ ।

एफ एम रेडियो  स्टेसन 

एफ एम रेडियो हरुको पहुच वाट अनुसार हुन्छ ,थोरै वाट भएको रेडियो को पहुच सानो ठाउ“ मा मात्र सिमित रहन्छ भने धेरै वाट भएको रेडियो को पहुच अलि बढि हुन्छ ,त्यो भन्दा बढि पहुच हुन को लागि कुनै पनि एफ एम रेडियो इस्टेसन ले देश क विभिन्न ठाउ“ मा रिले इस्टेसन राख्नु पर्ने हुन्छ ,तर विदेश मा त्यो एफ् एम् बजाउन को लागि वेबसाइट बनाई देश विदेश मा पुर्याउन सकिन्छ ।

कुनै पनि एउटा जिल्ला को एफ् एम् लाई देश विदेश क विभिन्न ठाउ“ मा बस्ने ,अनि आफ्नो गाउ ठाउको रेडियो सुन्न मन पराउने स्रोता हरु लाई वेबसाइट को माध्यम बाट सजिलै जून सुकै डिभाइस मा देखाउन सकिन्छ ।

खेलकुद संस्थाहरु 

खेलकुद संस्था हरुले आङ्खनो संस्था को जानकारी ,सिल्ड ,प्रतियोगिता मा भाग लिएको जानकारी ,खेलाडी हरुको डिटेल्स हरु राखी सस्था को वेबसाइट बनाउन सक्छन ।

जसले गर्दा सस्था को छबि उच्च हुनु को साथै ,खेल हरु प्रत्यक्ष्ँ देखाउन सक्ने गराउन सकिन्छ ,खेल को जानकारी अनि स्कोर हरु तुरुन्त अपडेट गर्न सकिन्छ ।

खेलाडी वा क्लब को परिचय खुल्नु को साथै खेलाडी हरुको पनि मनोबल बढाउन सहयोग गर्दछ ।

कम्प्युटर दोकान आदि

कम्प्यूटर को रेट्स ,अन्य कम्प्युटर संग सम्बन्धित उपकरण्ँ ,ल्यापटप ,हार्डडिस्क  आदि को जानकारी संस्था को जानकारी मिसन भिजन हरु राखी वेबसाइट बनाउन सकिन्छ जसले गर्दा कुनै पनि कम्प्युटर को इस्पेसिफीकेसन र रेट राख्न सकिन्छ ।

पसल , मल, डिपार्टमेन्ट स्टोर

कुनै पनी सानो ठुलो वा डिपार्टमेन्टलस्टोर ले आङ्खनो पसल को वेबसाइट बनाई अनलाइन बाट नै अर्डर गराउन सक्छन, आङ्खनो समानहरु को डिटेल , मूल्यहरु साथै नया आएको समानहरु , अफरहरु देखाउन को साथै पसल को ठेगाना , लोकेसन म्यापहरु पनी देखाउन सक्छन ।

यसै गरी बिभिन्न संस्थाहरुले आफ्नो वेबसाईट बनाएर संस्थाको सम्पुर्ण जानकारी राख्न सक्नेछन ।

Comments

Popular posts from this blog

बित्तिय संस्थाहरुलाई वेबसाईट

सस्तो र महगो वेबसाईट

सस्ता र महगा वबसाइट