Posts

Showing posts from November, 2015

सस्ता र महगा वबसाइट

सस्तो र महँगो वेबसाईट प्रकाश उप्रेती सूचना प्रविधिको बिस्तारमा वेबसाईटले प्रमुख भूमिका निर्वाह गर्दछ ,वेबसाईटले एक ठाउको सूचना ,समाचार, अडियो भिडियोहरुलाई एक कुना बाट अर्को कुनामा सजिलै संग पुर्याउन सहयोग गर्छ । आजकल विभिन्न कुराहरु , सूचना समाचार जानकारी , फोटो भिडियो , कुनै पनि व्यक्ति बिषेश, घटना , समाचार , रीजल्ट अनि जुनसुकै कुरालाई गूगलमा सर्च गरिने चलन चल्दै आएको छ । गूगलले अरु वेबसाईटमा भएको जानकारीलाई खोजेर रीजल्टमा देखाउने काम गर्दछ कुनै पनि घटना जानकारी अनि यस्तै कुराहरुलाई विभिन्न वेबसाईटमा राखिएको हुन्छ  । निउजका वेबसाईट, फोटोको वेबसाईट, समाचारको वेबसाईट , भिडियोको वेबसाईट अनि जानकारी मुलुक वेबसाईटहरु विभिन्न कीसिमका हुन्छन् । यस्तै बिभिन्न कीसिमका वेबसाईटहरु बनाउने खर्च पनि फरक किसिमका हुन्छन् । वेबसाईटको स्पेस, डोमेनको नाम , डेभलपमेन्ट मेथड , फ्रेमवर्क , सिस्टम, लेआउट आदि जस्तै कुराहरुले वेबसाईटलाई महंगो र सस्तो पार्दछ । वेबसाईटको पेज संख्याको आधारमा वेब स्पेसको आधारमा, इमेलको संख्याको आधारमा, स्टाटिक तथा डाइनामिक वेबसाईटका आधारमा, अनि एप्लीकेशन तथा ईस्कृट

कसको लागि वेबसाइट ?

Image
प्रबिधि को विकास संगै आजकल घरमा नै कुनै रेस्टुरेन्ट ले अर्डर गरेको खाने कुरा आइ पुग्छ ,विकास र विस्तार लाई नै निरन्तरता दिने हो ,प्रबिधि लाई हामी ले अ“गाल्दै लगेको विकासले हामी लाई नै सहज बनाउंछ , ईलाम मा फलेको अलैची होस् या भोजपुर मा बनेको खुकुरी होस् जसलाई पनि वेबसाइट को माध्यम बाट संसार भरि प्रबर्धन गर्न सकिन्छ । काठमान्डौंं मा बस्ने विधार्थीले अस्ट्रे्लिया, अमेरिका, यूके को कलेजहरु सबै इन्टरनेटमा नै खोजि रहेको पाइन्छ । अनि ती संस्थाहरुको सम्बन्धित वेबसाइट गुगल, बिंग, याहु जस्ता सर्च इन्जिन वेबसाइट वा डाइरेक्टरी वेबसाइट हरुले देखाउछन । वेबसाइटले वेबसाइट खोजेर देखाउछ अनि डाइल अप इन्टरनेट देखि शुरु भएको ५६ केबिपियस इन्टरनेटको प्रकिया देखि अहिले सम्म आउदा १०/२५ एमबिपियस इन्टरनेट हामी नेपालीहरुले छोटो समयमा नै देखि सकेका छौ । सिङगांपुर र नेपालमा सगै प्रबिधि भित्रिएको पनि समय र सोच अनुसार अहिले सिङगांपुर सुचना प्रबिधिमा धेरै नै अगाडी पुगी सकेको पाइएको छ । मल्टीनेशनल कम्पनीहरुको डाटा सेन्टर, वेब सर्भर, मेल सर्भर देखि लिएर प्रविधिका विभिन्न कुराहरुमा अग्रणी स्थानमा सिङगांपुर नै छ ।